मैलुङ खोलाको आईपीओ बाँडफाँड, ६८ हजार ४७४ जनाले पाए १० कित्ता
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीकलेृ सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाड भएको छ । प्रिअलटमेन्ट सकेर शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जना अर्थात ३९ गुणा बढिले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर पाएका छन । जसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट बाँडफाँड गरिएको थियो । जसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन । त्यसैगरी आवेदन दिएका लगानीकर्ताहरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि भएको छ ।