थ्री स्टार हाइड्रोपावरले १२ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमती « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

थ्री स्टार हाइड्रोपावरले १२ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमती



काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

साउन १७ गते कम्पनिले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डले जानकारी दिएको छ ।

धित्रोपत्र बोर्डले अनुमती दिएमा स्थानीय बासी र सर्वसाधारणका लागि कम्पनिले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने छ ।

हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्