प्रधानमन्त्री देउवाले कालापानी–लिपुलेक फिर्ता ल्याउन खुट्टा कमाएको ओलीको दावी « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

प्रधानमन्त्री देउवाले कालापानी–लिपुलेक फिर्ता ल्याउन खुट्टा कमाएको ओलीको दावी



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको आरोप लगाएका छन् । सरकारको साझा कार्यक्रममा कालापानी–लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू–भाग, पवित्र भू–भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’ संसदमा सम्बोधन गर्दै ओलीले भने ।

यी भूमि छोड्ने अधिकार कसैलाई नभएको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता गर्न नसकेमा डेढ वर्षपछि फेरि आफ्नै नेतृत्वको सरकारले फिर्ता लिने दावी गरे । ‘तर ठीकै छ, तपाईले फिर्ता लिन सक्नुभएन भने हामी छौं’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्