मंगलबार शेयर बजारमा नयाँ रेकर्ड, ५१.८६ अंकले बढ्यो « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

मंगलबार शेयर बजारमा नयाँ रेकर्ड, ५१.८६ अंकले बढ्यो



काठमाडौ । आज मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज मंगलबार बजार ५१.८६ अंकले उकालो लागेर नेप्से परीसुचक ३१६१.४४ अंकमा पुगरे बजार बन्द भएको छ । यो अंक हालसम्मकै उच्च हो ।

आज दिनभर २ सय २५ कम्पनिको ३३ करोड ३५ लाख ५ हजार २ सय १३ कित्ता शेयर १ लाख ६३ हजार ९ सय ६९ पटक किनबेच हुदा १७ अर्ब ८६ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

आज प्राय सबै समुहमा हरीयाली छाएको छ । हाईड्रोपावर,होटल एण्ड टुरीजम र व्यापार समुह बाहेक सबै समुह बढेको छ । आज सबैभन्दा धेरै व्यापार समुहका लगानिकर्ताले गुमाएका छन । भने विकास बैंक समुहका लगानिकर्ताले कमाएका छन । आज व्यापार समुह ६७.२८ अंकले घटेको छ । विकास बैंक समुह ४०६.४४ अंकले उकालो लागेको छ भने जिवन विमा समुह २११.७२ अंकले बढेको छ । फाइनान्स समुह १९०.६४ निर्जिवन विमा समुह १४२.३३ माईक्रोफाइनान्स समुह ७३.४४ अंकले उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्