नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।