केदारस्युँ गाउँपालिकाका अध्यक्ष भण्डारीद्वारा विद्यालय स्थापना गर्न जग्गा दान « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

केदारस्युँ गाउँपालिकाका अध्यक्ष भण्डारीद्वारा विद्यालय स्थापना गर्न जग्गा दान



काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष भण्डारीले विद्यालय स्थापनाका लागी जग्गा दान गरेका छन् । केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले विद्यालय स्थापनाका लागी २ सय बर्गमिटर जग्गा दान गरेका हुन् ।

गाउँपालिका भित्रका विभिन्न स्थानमा ७ वटा प्रारम्भिक वाल शिक्षा तथा शिशु विकास केन्द्र स्थापना गर्ने गाउँपालिकाको निर्णय अुनसार गत बर्ष ४ वटा विद्यालय स्थापना गरि सञ्चालनमा छन् भने यस बर्ष ३ वटा विद्यालय स्थापना गरि सञ्चालनमा ल्याइनेछ । जसमध्ये वडा नं १ मा २ वटा विद्यालय स्थापना भएका छन् । वडा न. १ को कालाढुंगामा गत बर्ष स्थापना गरि सञ्चालन भईरहेको छ भने अर्काे चौडाम बगरमा यस बर्ष सञ्चालनमा आउने छ ।

दुइटै विद्यालय स्थापना गर्न गाउँपालिकाका अध्यक्ष भण्डारीले जग्गा दान गरेका हुन् । कालाढुंगा स्थित सञ्चालनमा रहेको समैजी वाल विकास प्रा.वि. र रनीदुर्के प्रा.वि. स्थापनाका लागी अध्यक्ष भण्डारीले १–१ सय बर्गमिटर जग्गा दान गरेको बताए ।

आफ्नो कार्यकालमा गाउँपालिकामा शिक्षाको विकास गर्ने योजना अनुसार विद्यालय स्थापनाले जनचेतनाको विकास हुने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । आफ्नो कार्यकालमा सबै वडामा सडक सञ्जाल विस्तार गर्ने उनले बताए । यसअघि अध्यक्ष भण्डारीले केदारस्युँ गाउँपालिका २ स्थित महेश बिकलाई एमबीबीएस पढ्न व्यक्तिगत तवरबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गाउँपालिकाले वडा न. ७ को काँडाचौर, वडा न. ९ को खातीविनाडा, वडा न. १ को कालाढुंगा र चौडाम बगर, वडा न. ६ को उपरगाउँ, वडा नं ३ को डाफ्रू गाउँ र वडा नं ७ मा विद्यालय स्थापना गरेको हो । यी सबै विद्यालय स्थापना गर्न स्थानियवासीले नै जग्गा दान गरेका छन् । गाउँपालिकाले जग्गा किन्न खोजेको भएपनि स्थानियले नै जग्गा दान गरेको गाउँपालिकाले जनाएको छ ।

साना बालबालिकाहरुलाई टाढाको विद्यालय जान नपर्ने गरी शिशु कक्षा स्थापना गरिएको वडा न. ८ का वडाध्यक्ष गणेश बोहराले बताए । विद्यार्थीको संख्या थप भएमा थप कक्षा सञ्चालन गर्ने उनले बताए । उक्त विद्यालय स्थापना गर्नका लागी स्थानिय गोरे खातिले जग्गा सहयोग गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्