लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने ! « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने !



काठमाडौं । प्रदेश सभामा अल्पमतमा पर्ने भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । लुम्बिनी एमाले संसदीय दलको बैठक सकिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ । तर लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ ।

उक्त रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको थियो । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ ।

प्रदेश सरकारमा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका हुन् । उनले विश्वासको मत लिनेभन्दा राजीनामा दिने निर्णय गरेको स्रोतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्