सुनचाँदीको मुल्य घट्यो, कति छ तोलामा ? « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

सुनचाँदीको मुल्य घट्यो, कति छ तोलामा ?



काठमाडौ । आज बुधबार सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्