प्राधिकरणबाट अवकाश पाएका १० महिनापछि कुलमानकाे दाेस्राे इनिङ, कस्ताे रहला ? « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

प्राधिकरणबाट अवकाश पाएका १० महिनापछि कुलमानकाे दाेस्राे इनिङ, कस्ताे रहला ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरको प्रबन्धक निर्देशक कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । बुधबार कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्ति पत्र बुझेपछि कार्यभार सम्हालेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्ति पत्र दिएका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण पुगेका थिए

कुलमान घिसिङले ४ वर्षे नियुक्तिपत्र बुझेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागिनै नियुक्त गरेको छ ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशककै रूपमा प्राधिकरण फर्किएका हुन् । गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई अवकाश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्