हितेन्द्र शाक्य विदा भए, कुनमानले सम्हाले कार्यभार
काठमाडौं । नेपाल विद्युत प्राधिकरको प्रबन्धक निर्देशक कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । बुधबार कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्ति पत्र बुझेपछि कार्यभार सम्हालेका हुन् ।
पदभार गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए । योसँगै नेपाल विद्युुत प्राधिकरणबाट कार्यकारी निर्देशक हितेनद्रदेव शाक्य विदा भएका छन् ।