लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित यी मन्त्रीले लिए सपथ
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख कार्यलयमा बिहीबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष केसीले सपथ लिएका हुन् । सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र उनको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत सहभागी भए ।
बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।