युनाइटेड इन्स्योरेन्सको नाफा ३३०.३८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

युनाइटेड इन्स्योरेन्सको नाफा ३३०.३८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३३०.३८ प्रतिशत बढेर ७ करोड ५२ लाख ३१ हजार रुपेयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा १ करोड ७४ लाख ८० हजार रपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको ३खुद बीमाशुल्क आर्जन ३५.९६ प्रतिशत बढेर ४३ करोड ५९ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ५०.०८ प्रतिशत बढेर ११ करोड ६ लाख ३४ हजार रुपैयाँ, बीमा कोष १२.७० प्रतिशत बढेर ३३ करोड ३७ लाख ९४ हजार रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ रुपैयाँ ६२ पैसा बढी हो । मूल्य आम्दानी अनुपात ९७.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्