आज दिउँसो सवा ४ बजे मौद्रिक नीति आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउँसो सवा ४ बजे मौद्रिक नीति जारी गर्ने भएको छ । सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउन ढिलाइ गरेपछि केन्द्रिय बैंकले मौद्रिक नीति जारी गर्ने भएको हो । मौद्रिक नीतिले ज्यादै ठूलो परिवर्तनकारी विषयहरु नसमेट्ने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।