अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो, अन्य सुचक कस्तो ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो, अन्य सुचक कस्तो ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा बढेको छ । कम्पनिले सावैजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक अनुसार खुद नाफा बढेको हो ।कम्पनिले असार मसान्त्सम्म आइपुग्दा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनिले ६ करोड ९ लाख रुपैयाँ आजर्न गरेको थ्यो यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशत धेरै हो ।

असार मसान्त सम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी २२.५६ प्रतिशत घटेर ५ करोड ३६ लाख रुपैया भएको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड ९२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

अन्य सुचकमा सकारात्म परिवर्त भएपनि कम्पनिको कुल नाफा १.८५ प्रतिशत घटेको छ । त्यसैगरीे सञ्चालन मुनाफा ६.५८ प्रतिशतले ओरालो लागेको हो । कम्पनिको कुल खर्च पनि २०.८४ प्रतिशत घटेका हो ।

कम्पािको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी घटेर १ रुपैयाँ ८७ पैसा घटेर ५ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९२.५१ गुणा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्