सेयर कर्जा एक बैंकबाट ४ करोड रुपैयाँ र १२ करोड भन्दा बढी लिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा नयाँ ब्यवस्था गरेको छ । अब सेयर धितो कर्जाका लागी १२ करोड रुपैयाँसम्म लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनका लागी सिमा नै तोकेको हो । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।
राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने छ । उक्त ब्यक्ति तथा फर्मले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।