एनएमबि बैंकको नाफा ६० प्रतिशत बढ्यो, ब्याज आम्दानी ५.६७ अर्ब रुपैयाँ, अन्य सूचक कस्ता ? « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

एनएमबि बैंकको नाफा ६० प्रतिशत बढ्यो, ब्याज आम्दानी ५.६७ अर्ब रुपैयाँ, अन्य सूचक कस्ता ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५९.४२ प्रतिशत बढेर २ अर्ब ७३ करोड ५ लाख ९४ हजा रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड २७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.३२ प्रतिशत बढेर ५ अर्ब ६७ करोड ८५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ४९ करोड ६२ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी २८.८१ प्रतिशत बढेर १ अर्ब ३ करोड ८७ लाख ७६ हजार रुपैयाँ, सञ्चालन मनुाफा ५६.४८ प्रतिशत बढेर ३ अर्ब ८३ करोड ४१ लाख २७ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ६३.६४ प्रतिशत बढेर २ अर्ब ३३ करोड ४७ लाख ९३ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ७.८० प्रतिशत बढेर ७ अर्ब ४४ करोड ७ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर ३८ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.०२ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष ९.२४ प्रतिशत बढेर ७ अर्ब ६२ करोड ९९ लाख ५९ हजार, निक्षेप २४.८७ प्रतिशत बढेर १ खर्ब ६४ अर्ब ४० करोड ८१ लाख ४९ हजार रुपैयाँ र कर्जा ३०.५४ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ९९ करोड ८४ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अबधिमा बैंकको प्रतिशेयर आम्दानी ४.४५ रुपैयाँ बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्