माछापुच्छ्रे बैंकको सबै सूचकमा उल्लेख्य सुधार, कुन सूचक कति बढे ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा २८.८९ प्रतिशत बढेर १ अर्ब ६३ करोड ६ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५१ लाख ५० हजार खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको असार मसान्तसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ९२ करोड ४ लाख ७४ हजार रुपैयाँ रहेकोमा २ अर्ब ४७ करोड ४२ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३२ करोड ६० लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८६ करोड १८ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड २७ लाख ३५ हजार रुपैयाँ रहेको छ । बैंकको रिटन अर्निङ १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ९८ करोड १२ लाख रुपैयाँ रिटन अर्निङ रहेको थियो । त्यस्तै, समिक्षा अवधिमा बैंकको जगेडा कोष २०.९५ प्रतिशत बढेर २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको जगेडा कोष २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको निक्षेप १ खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ४ अर्ब ९ करोड ८८ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले गत असार मसान्तसम्म १ खर्ब १३ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले ९२ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष ०.५२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढेर ०.६२ प्रतिशत पुगेको छ भने १३.९७ रुपैयाँमा सीमित प्रतिशेयर आम्दानी १८.०१ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिसम्म बैंकको कस्ट अफ फण्ड ५.२९ प्रतिशत, सीडी रेसियो ८०.१२ प्रतिशत, आधार दर ७.२६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.३७ गुणा, कुल सम्पत्तिमा प्रतिफल १.०३ प्रतिशत, तरलता अनुपात २७.०८ प्रतिशत कायम भएको छ ।