एक्सेल डेभलपमेन्ट बैंकले पायो २४ लाख कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

एक्सेल डेभलपमेन्ट बैंकले पायो २४ लाख कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न आज अनुमति दिएको छ ।

एक्सेल डेपलपमेन्ट बैंकको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भईसकेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्