कुलमान विरुद्ध हितेन्द्र देवले दिए सर्वोच्चमा रिट « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

कुलमान विरुद्ध हितेन्द्र देवले दिए सर्वोच्चमा रिट



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पुर्व कार्यकारी निर्देशक शाक्यले सोमबार कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै रिट निवेदन दर्ता गराएका हुन् । कुलमान घिसिङलाई असार २७ गते पुनस् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरी शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग उनको माग छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ । आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्