प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त



काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

हिजो सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारीस गरेको थियो ।

प्रदेश प्रमुखमा नियुक्त भएका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् ।


प्रतिक्रिया दिनुहोस्