अरुण काबेली पावरले बोलायो साधारण सभा, १७ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने

काठमाडौं । अरुण काबेली पावरले साधारण सभा डाकेको छ । बोनस शेयर र हकप्रद शेयर कम्पनिले ११ औ साधारण सभाले भदौ २६ गते साधारण सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनिले १७ प्रतिशत बोनस शेयर र प्रतावित बोनसको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
त्यैगरी प्रस्तावित बोनस शेयर बितरण गरेपछि कम्पनिको कायम भएको चुक्ता पुजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश हुने कम्पनिले जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनिले भदौ १५ गतेबाट शेयरधनी दर्ता पुस्तिका बन्द हुने छ । तसर्थ भदौ १४ गतेसम्म कारोबार भई कायम भएका शेयरधनीले प्रस्तावित बोनस शेयर र हकप्रद पाउने छन ।