आक्रामक बैकिङमा लागेको नविल बैंकले पनि ल्यायो क्यास डिपोजिट मेसिन, अव ग्राहकले पैसा जम्मा गर्न घण्टौं कुर्नु नपर्ने

काठमाडौं । आक्रामक बैंकिङ अघि बढेको नविल बैंक पनि आधुनिक बैंकिङमा पनि अघि बढेको छ । नविल बैंकले आधुनिक क्यास मेसीन जारी गरेको छ । जसले गर्दा बैंकमा पैसा जम्मा गर्न जाने ग्राहाकले अव घण्टौं लाइन बसेर नगद जम्मा गर्नु नपर्ने भएको छ ।
नेपालमा पहिलो पटक नेपाल एसबीआई बैंकले क्यास सजिलै डिपोजिट गर्न मिल्ने मेसिन ल्याएको थियो, जुन अहिले संचालनमा छैन । त्यस्तै दोस्रो प्रभु बैंकले क्यास डिपोजिट मेसिन ल्याएर संचालन गरिरहेको छ । त्यस्तै नविल बैंकले पनि ग्राहकलाई छिटो छरितो नविनतम् सेवा दिने उदेश्यले नविल क्यास मेसिन ल्याएको छ ।
अव मेसिनबाटै ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो । उक्त सेवा सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९ सय जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न र ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।