५५% लाभांश पारित गर्न हाथवे इन्भेष्टमेण्टले बोलायो साधारण सभा, २९ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव « Arthapath.com
३ भाद्र २०७८, बिहीबार

५५% लाभांश पारित गर्न हाथवे इन्भेष्टमेण्टले बोलायो साधारण सभा, २९ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव



काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २५ गते १३ औं वार्षिक साधारण सभा डाकेको छ । सोमबार बसेको संचालक समितिको बैठकले भदौ २५ गते साधारण सभा कम्पनी आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा दिउँसो २ बजे भअर्चुअल रुपमा साधारण सभा गर्ने जनाएको छ ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनिले जानकारी दिएको छ ।

त्यसैगरी साधारण सभाले चुक्ता पुजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्