हिमालयन बैंक र नेपाल वन पैदावार विच व्यावसायिक सम्झौता
काठमाडौ । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच आजबाट लागु हुने गरी व्यावसायिक सम्झौता भएको छ ।उक्त सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ (SME) अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने भएको छ ।
यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी हुने र उक्त सेवा महासंघका सदस्यहरुले बैंकको काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका समपुर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्नेबैंकले जनाएको छ ।
हिमालयन बैंकले ७१ शाखाहरु, १४६ ATM र ५००० भन्दा बढी POS Terminals हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।