संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त, के होला मर्जर प्रक्रिया ? « Arthapath.com
६ भाद्र २०७८, आईतवार

संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त, के होला मर्जर प्रक्रिया ?



काठमाडौं । कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तीमा परेका छन् । गत साता बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हिमालयन बैंकका अध्यक्ष समेत रहेका गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संचय कोषको प्रशासकमा नियुक्त गरेको थियो । गौतमलाई २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए । तर सरकार परिवर्तन भएपछि ओली सरकारका नियुक्ती प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारले उल्ट्यार्ई दिने गरेको छ । सोही अनुसार प्रधानमन्त्री देउवाको सरकारले गौतमलाई पनि बर्खास्ती गर्ने निर्णय गरेको हो ।

गौतम बर्खास्तीमा परेसँगै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रियामा पनि प्रभाव पर्ने देखिएको छ । कोषको प्रमुख प्रशासकबाट नै बर्खास्तमा परेपछि हिमालयन बैंकको अध्यक्ष पद पनि स्वतः खारेज हुनेछ । कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष बनेका हुन् । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जर प्रक्रिया गौतमकै नेतृत्वमा हिमालयन बैंकको नेतृत्व गरिरहेका छन् । आउँदो कात्र्तिकदेखि एकिकृत कारोबार गर्ने गरि दुबैं बैंकको मर्ज प्रक्रिया चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्