कुमारी इक्वीटी फण्डको ५ प्रतिशत नगद लाभांश वितरण
काठमाडौं । कुमारी इक्वीटी फण्डले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले इकाईधनीहरुलाई गत आव २०७७/७८ बाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
फन्डले हितग्राही खातामा बैंकमा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा भदौ १ गतेबाटै जम्मा गरेको छ । त्यसैगरी अहिलेसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन आग्रह गरेको छ ।