मासिक २० युनिटभन्दा कम विजुली खपत गर्नेलाई निःशुल्क दिने निर्णय डेढ महिनाभित्रै कार्यान्वयन « Arthapath.com
६ भाद्र २०७८, आईतवार

मासिक २० युनिटभन्दा कम विजुली खपत गर्नेलाई निःशुल्क दिने निर्णय डेढ महिनाभित्रै कार्यान्वयन



काठमाडौं । मासिक २० युनिट भन्दा कम विजुली खपत गर्ने घरपरिवारलाई निशुल्क गर्ने निर्णय डेढ महिनाभित्र नै कार्यान्वयन गरिने भएको छ । सरकारले मासिक २० युनिट (किलोवाट घण्टा) भन्दा कम विजुली खपत गर्ने घरपरिवारलाई निःशुल्क विद्युत् सुविधा दिने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बताएकी थिईन् ।

गत साउन २७ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल कम विजुली खपत गर्नेलाई निशुल्क गर्ने घोषणा गरेकी थिईन् । सोही निर्णयललाई डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने उनले बताएकी हुन् । गत शुक्रबार ललितपूरमा बोल्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय छिट्ट लागू हुने बताएकी हुन् ।

विद्युत प्राधिकरणसँग आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको र विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा डेढ महिनाभित्रै कार्यान्वयनमा ल्याउने दावी गरिन् । मन्त्री भुसालका अनुसार २० युनिटसम्म विद्युत खपत गर्नेको रेकर्ड हेर्दा विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेको जनाईन् । २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको र प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिब १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । विद्युत नियमन आयोगले निर्णय गरेपछि करिब डेढ महिनाभित्र कार्यान्वयनमा आउनेछ ।

यसअघि नै मन्त्री भुसालले भनिन् , ‘कम विद्युत् खपत गर्ने घरपरिवारले विद्युत् महसुल तिर्नुपर्ने छैन । तर मासिक न्यूनतम ३० रुपैयाँका दरले तिर्ने विद्युत् सेवा शुल्क भने नियमित तिर्नु पर्ने छ । यसरी विद्युत् महसुल छुट गर्दा नेपाल विद्युत् प्राधिकरणमाथि ७०–७५ करोड रुपैयाँको आर्थिक भार पर्ने अनुमान मन्त्रालयको छ । ‘यो पैसा नेपाल विद्युत् प्राधिकरणले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबाट व्यहोर्ने छ,’ मन्त्री भुसालले भनिन्, ‘सरकारले अतिरिक्त अनुदान दिनु पर्दैन ।’ मन्त्री भुसालले विद्युत् महशुल पनि अब प्रतियुनिट ११ रुपैयाँभन्दा बढी नहुनेगरी संशोधन गर्ने बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्