मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, क-कसले पाउँछन आवेदन दिन ? « Arthapath.com
७ भाद्र २०७८, सोमबार

मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, क-कसले पाउँछन आवेदन दिन ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलमीमा विक्री खुल्ला भएको छ । लघुवित्तले १ लाख ६२ हजार ७ सय ८९ कित्ता शेयर लिलामीमा विक्री खुल्ला गरेको हो उक्त शेयरमा हाल कायम रहेको संस्थापक शेयरधनीहरुले नै आवेदन दिन सक्ने छन ।

कम्पनिले एक सुचना जारी गदै संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने जानकारी दिएको छ ।

इच्छुक आवेदकले सुचना जारी भएको ३५ दिभित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन फारम बुझाउन सक्ने छन । उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्