कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेञ्चमा « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेञ्चमा



कामठाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हेर्ने भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पेशी तोक्ने क्रममा उक्त रिट प्रधानन्यायाधीश जबरा आफैँले हेर्ने भएका हुन् ।

आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्