रञ्जित आचार्यद्धारा नेपाल एम्बुलेन्स सेवाका नयाँ अध्यक्षलाई ब्याटन हस्तान्तरण
काठमाडौं । रञ्जित आचार्यले नेपाल एम्बुलेंस सेवा १०२ को अध्यक्षका रुपमा आफ्नो तीन बर्षको कार्यकाल पूरा गरेका छन ।उनकोसम्मानमा आयोजित एक समारोहमा एन.ए.एसका नयाँ अध्यक्ष डा.प्रदीप. वैद्यलाई उनले ब्याटन हस्तान्तरण गरेका छन ।
कोभिडको समय दौरानमा, एनएएसले धेरै मेहनत गरेको थियो जुन निकै सराहनीय कार्य हो आचार्यको कार्यकालमा, उनी र उनको टोलीले मे १, २०१९ मा काठमाडौं महानगरपालिका संग पाँच वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे जहाँ महानगरीय सरकारले संगठनलाई परिचालन घाटा पूरा गर्न मासिक आर्थिक सहायता प्रदान गरी सहयोग प्रदान गरेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरले देश भित्र एम्बुलेन्स सेवाको महत्वमा जोड दिएका थिए जसले दुबै बीच सहयोगको लागी नेतृत्व गर्दछ । नेपाल एम्बुलेंस सेवाले स्वास्थ्य र जनसंख्या मन्त्रालय (एमओएचपी नेपाल) को साथमा फेब्रुअरी २०२० मा देश भरी मा प्री–अस्पताल हेरचाह र १०२ नम्बर अन्तर्गत ७–प्रान्त डिस्प्याच केन्द्र बनाउन सहयोग गरेको छ । उनीहरुले नेशनल डिस्पैच सेन्टर १०२ को प्रबन्ध पनि गर्नेछन् । एनएएस डिस्प्याच सेन्टर चाँडै नै राष्ट्रिय डिस्प्याच सेन्टरमा रूपान्तरण हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गरेको अन्य सहयोगमा कोभिड अवधिभरि सबै कर्मचारीहरुका लागी जोखिम भत्ता, कल सेन्टर अपग्रेड, सफ्टवेयर अपडेट, मोबाइल एप्स, उपकरण सहयोग, एम्बुलेन्स इन्धन लागत सहयोग, र प्रान्तीय डिस्प्याच केन्द्रका कर्मचारीहरुलाई प्रशिक्षण समावेश छन् ।
नेपाल एम्बुलेन्स सेवाले आफ्नो १० बर्षको अपरेशनमा ७०००० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गरेको छ र ६० वटा सफल जन्म एम्बुलेन्स भित्र भएको छ । एनएएसले सबै राष्ट्रिय प्रकोप र संकटको समयमा महत्वपूर्ण आपतकालीन सेवाहरु प्रदान गदै आएको छ ।
नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस) १०२ एक गैर नाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ ।