४८ प्रतिशत लाभांश पारित गर्न एनआईसी एशिया क्यापिटलको साधारण सभा आज हुँदै « Arthapath.com
१३ भाद्र २०७८, आईतवार

४८ प्रतिशत लाभांश पारित गर्न एनआईसी एशिया क्यापिटलको साधारण सभा आज हुँदै



काठमाडौं । एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा आज (भदौ १३ गते, आइतबार) हुँदैछ । क्यापिटलले ४८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आज हुँदैछ । एनआईसी एशिया क्यापिटलको साउन २२ गते शुक्रबार बसेको संचालक समितिको ९४ औं बैंठकले क्यापिटलको पाँचौ वार्षिक साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको सभाले चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षण समितको सिफारिश बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदैक्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्