१ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ भदौ २५ गतेदेखि निष्काशन गरिने « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

१ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ भदौ २५ गतेदेखि निष्काशन गरिने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिने भएको हो । उक्त फण्डको समयावधि १० वर्षको रहेको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो । जसमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ ।

उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म आवेदन म्याद थप हुनेछ ।

फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।


प्रतिक्रिया दिनुहोस्