शेयर बजारमा हरियाली, १६१.९४ अंकले बढ्यो « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

शेयर बजारमा हरियाली, १६१.९४ अंकले बढ्यो



काठमाडौँ । केही दिनबाट पहिरो लागेको शेयर बजारमा आज सोमबार भने हरियाली छाएको छ । हिजो ५०.२८ अंकले घटेको नेप्से आज १ सय ६१.९४ अकले बढेको छ । आज १ सय ६१ अंकले बजार बढेर परिसूचक २९सय ८०.७८ अंकमा पुगेर बन्द भएको छ ।

आज दिनभर २ सय २४ कम्पनिको १७ करोड ९२ लाख २ हजार ५ सय ८८ कित्ता शेयर १ लाख ९ हजार १ सय ८२ पटक किनबेच हुदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि जिवन बिमा समूह ८१७ निर्जीवन बिमा समूहका लगानीकर्ताले कमाएका छन् । निर्जीवन बिमा समूह ६ सय ४३ अंकले बढेको छ भने विकास बैङ्क ५०३,उत्पादन समूह ३९८, फाइनान्स २५६, हाइड्रोपावर २८३, माइैक्रोफाइनान्स २४१, होटेल एन्ड टुरिजम १९४, व्यापार १३३, बैकिङ्ग समूह ७८ अंकले बढेको छ ।

सेयर धितो कर्जामा राष्ट्र बैंकले कडाई गरेपछि नेप्से निरन्तर ओरालो लाग्दै आएको थियो ।पूँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई १८ बुदे माग राख्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाललाई बुझाएका थिए । माग सम्बोधन हुने भन्दै बजार बढेको लगानिकर्ताले बताएका छन ।

https://www.arthapath.com/share-market/2021/09/06/49560/


प्रतिक्रिया दिनुहोस्