सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट माग्यो जाँचबुझ समितिले « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट माग्यो जाँचबुझ समितिले



काठमाडौं । जाँचबुझ समितिले माग्यो सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट मागेको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न गठित जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सिताराम अग्रवालकी छोरी शिखा अग्रवालको बैंक स्टेटमेन्ट माग गरेको हो ।

सेयर कारोबारबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ समिति राष्ट्र बैंकसँग ढुंगाना र शिखा अग्रवालको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता विवरण माग गरेको उप सचिव अर्जुन भण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

बोर्ड अध्यक्ष ढुंगानाले कानुनविपरीत छोरीको नाममा सेयर खरिद गरेको तथ्य बाहिर आएपछि सो विषयमा छानबिन गर्न समिति गठन भएको हो । समितिले राष्ट्र बैंकका नाममा पत्र लेख्दै सर्वोत्तम सिमेन्टका सेयरधनी सिताराम अग्रवालको छोरी शिखा अग्रवालको र स्वयम् ढुंगानाको खाताको मौज्दात विवरण २ दिनभित्र पठाउन सोमबार आग्रह गरेको हो ।

जाँचबुझ समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा, प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

जाँचबुझ समितिले पठाएको पत्र

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानि नोक्सानी पुयाई बोर्डको हित तथा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेको भन्ने सन्दर्भमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (७) तथा नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम आवश्यक जाँचबुझ गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०५।१६ को निर्णय अनुरुप गठित जाँचबुझ समितिलाई देहायमा उल्लेखित व्यक्तिहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा रहेको बैंक खाताको मौज्दात विवरण (द्यबलप क्तबतझभलत) दुई दिनभित्र यस समितिलाई उपलब्ध गराई जाँचबुझ कार्यमा सहयोग गरी दिनु हुन समितिको मिति २०७८।०५।२० को निर्णयानुसार अनुरोध गर्दछु ।

१. सर्वोत्तम सिमेण्ट लिमिटेडको शेयर धनी सिताराम अग्रवालको छोरी वारा जिल्ला कलैया न.पा. वडा नं. ५ वस्ने श्री शिखा अग्रवाल,

२. नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्म राज ढुंगाना


प्रतिक्रिया दिनुहोस्