थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मुत्यु « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मुत्यु



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० जना र ४ हजार १ सय ७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संगै कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७९ हजार ४ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ भने कोरोना संक्तमणमुक्त हुनेको संख्या ७ लाख ४१ हजार ३ सय ६ जना पुगेको छ ।

हाल देशभर २६ हजार २ सय २ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्