४४ लाख डोज खोप लिन वाइडबडी जहाज बेइजिङ जाँदै « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

४४ लाख डोज खोप लिन वाइडबडी जहाज बेइजिङ जाँदै



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज राती ११ बजे बेइजिङ उड्ने भएको छ ।

नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप लिन आज राती ११ बजे वाइबडी ३३० जहाज बेइजिङ जाने तयारी भएको निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले बताए ।

वाइडबडी ३३० जहाज पहिलो खेप खोप लिएर शुक्रबार दिउँसो दुई बजे आइ पुग्ने ग्वार्चनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्