४४ लाख डोज खोप चीनबाट काठमाडौं आइपुग्यो « Arthapath.com
१ आश्विन २०७८, शुक्रबार

४४ लाख डोज खोप चीनबाट काठमाडौं आइपुग्यो



काठमडौं । ४४ लाख डोज खोप चीनबाट काठमाडौं आइपुगेको छ । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

आज दिउँस २ बजे उडानमार्फत ४४ लाख खोप त्रिभुवन विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपाल सरकारले चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्