तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त « Arthapath.com
४ आश्विन २०७८, सोमबार

तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड विच शेयर सम्बन्धी सम्पुर्ण कार्य गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूँजी ४० करोड पुगेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारणबाट चुक्ता भईसकेको छ ।

केही दिनमा नै कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने नेपाल बंगलादेश क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्