धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले गत आइतबार स्पष्टिकरण बुझाएका थिए । 


प्रतिक्रिया दिनुहोस्