सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ? « Arthapath.com
२० आश्विन २०७८, बुधबार

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?



काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि आईपीओ जारी गरेको थियो ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३ हजार २५५ योग्य आवेदन परेका थिए । बाँडफाँड गर्दा आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन ।

आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदन परेको थियो । बाँडफाँड गर्दा आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आश्विन १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्