६.२५ प्रतिशत लाभांश पारित गर्न सेञ्चुरीको साधारण सभा आज « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

६.२५ प्रतिशत लाभांश पारित गर्न सेञ्चुरीको साधारण सभा आज



काठमाडौं । सेञ्चुरी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आज (असोज २४ गते, सोमबार) हुँदैछ । सेञ्चुरी क्यापिटल लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आर्यतारा भवन, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ६.२५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने छ ।


प्रतिक्रिया दिनुहोस्