महिला लघुवित्तको लाभांश संशोधन, बोनश र नगद कति ? « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

महिला लघुवित्तको लाभांश संशोधन, बोनश र नगद कति ?



काठमाडौँ । महिला लघुवित्तको लाभांश संशोधन भएको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने  लाभांश संशोधन गरेको छ । 

लघुवित्तले हाल कायम चुक्ता पुजीको १० करोडको २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृति गरेपछि आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यसअघि असोज २२ गते गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल संशोधन गरेर बोनस शेयर बढाएर ४५ प्रतिशतबाट ४७।५ र नगद ५ प्रतिशतबाट घटाएर २।५ प्रतिशत बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्