शनिबार थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो « Arthapath.com
६ कार्तिक २०७८, शनिबार

शनिबार थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो



काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ७२ पीसीआर परीक्षणमा ४ सय ३८ र १ हजार ९ सय ४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण हुनेको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्