एनआईसी एसिया बैंकले कमायो १ अर्ब १८ करोड खुद नाफा, प्रतिशेयर आम्दानी किन घट्यो ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

एनआईसी एसिया बैंकले कमायो १ अर्ब १८ करोड खुद नाफा, प्रतिशेयर आम्दानी किन घट्यो ?



काठमाडौं । एनआईसी एशिया बैंक कमर्शियल बैंकहरुमा सबैभन्दा बढि नाफा आर्जन गर्ने बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार बैंकले १ अर्ब १८ करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधीमा १ अर्ब २ करोड १० लाख रुपैयाँ रहेको थियो । यो १५.६४ प्रतिशतले धेरै हो ।

खुद नाफा संगै बैंक्ले खुद ब्याज आम्दानी र संचालन मुनाफो वितरण योग्य मुनाफा पनि बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा बैंक्को वितरण योग्य नापाm २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पुजी रहेको बैंकले १० अर्ब ३९ करोड जगेडा कोषमा छुटाएको छ । यो गत वर्षको तुलनामा ११.३१ प्रतिशतले बढेको हो । सार्वजनिक विवरण अनुसार बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत र सञ्चालन नाफा १४.९३ प्रतिशतले बढेको हो । त्यसैगरी बैंकको निक्षेप ३.०५ प्रतिशत २ खर्ब ७८ अर्ब पुगेको छ भने कर्जा ६.२६ प्रतिशत बढेर २ खर्ब ६४ अर्ब पुगेको छ।

अन्य सबै सुचकमा सकारात्मक रुपमा बढेपनि प्रतिशेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा घटेको हो ।


प्रतिक्रिया दिनुहोस्