सिटीजन्स बैंकको नाफामा छलाङ, ३३ प्रतिशतले बढ्यो खुद नाफा, वितरणयोग्य नाफा कति ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

सिटीजन्स बैंकको नाफामा छलाङ, ३३ प्रतिशतले बढ्यो खुद नाफा, वितरणयोग्य नाफा कति ?



काठमाडौं । सिटीजन्स बैंकको नाफा ६८ करोड ७३ लाख ९९ हजार पुगेको छ । बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा ६८ करोड भन्दा बढि पुगेको हो । बैंकले गत वर्षको सोहि अवधीमा ५१ करोड ५५ लाख ९१ हजार खुद नाफा आर्जन गरेको थियो । यो ३३ प्रशितले उकालो लागेको हो ।

त्यसैगरी बैंकले वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पु¥याएको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश ४३ र ३६ प्रतिशतले बढेको हो ।

१२ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ चुक्ता पुजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ छुटाएको छ भने रिटेण्ड अर्निङमा १ अर्ब ६४ करोड ९९ लाख १७ हजार सञ्चित गरेको छ ।

त्यसैगरी बैंकको निष्क्रिय कर्जा भने गत आवको तुलनामा चालू आवको बढेको छ । निष्क्रिय कर्जा बढेर १.९१ पुगेको हो गत वर्षको सोही अवधीमा बैंकको निष्क्रिय कर्जा १.४३ प्रतिशत रहेको थियो ।
प्रतिशेयर आम्दानी २१.८६, मूल्य आम्दानी अनुपात १४.५५गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्