नेपाल आउँदै हुनुहुन्छ यि ११ मुलुकबाट आउनेले बस्नुपर्छ १० दिन अनिवार्य क्वारेन्टाइन « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

नेपाल आउँदै हुनुहुन्छ यि ११ मुलुकबाट आउनेले बस्नुपर्छ १० दिन अनिवार्य क्वारेन्टाइन



काठमाडौं । ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैल्न थालेको छ । नेपालमा पनि उक्त भाइरसबाट बच्नको लागि ११ देशबाट आउने व्यक्तिले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त भाइरस संक्रमण हुनबाट बच्नको लागि सुरक्षा व्यवस्था कडा पादै लागि १० दिन आनिवार्य क्वारेन्टाइन बस्न आग्रह गरेको छ ।

अब बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन रुपमा १० दिन क्वारेन्टाइन बस्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्