दुई बैंक र १ लघुवित्तको सेयरमुल्य समायोजन « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

दुई बैंक र १ लघुवित्तको सेयरमुल्य समायोजन



काठमाडौं । दुई बैंक र १ लघुवित्तको शेयरमुल्य समायोजन भएको छ । आज नेप्सेमा एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमुलय समायोजन भएको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ३ कम्पनिले बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरि नयाँ मूल्य तोकेको हो ।

एभरेष्ट बैंकको प्रतिकित्ता ५५० रुपैयाँ, शाइन रेसुङ्गाको ४०३.८६ रुपैयाँ र सबैको लघुवित्तको प्रतिकित्ता १ हजार ५०४.०२ रुपैयाँ नयाँ मुल्य निर्धारण भएको छ ।

हिजो एभरेष्ट बैंकको प्रतिकित्ता ५८३ रुपैयाँ, शाइन रेसुङ्गाको ४४८ रुपैयाँ र सबैको लघुवित्तको १ हजार ९७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसकै आधारमा नेप्सेले नयाँ मुल्य निधार्रण गरेको हो । नयाँ समायोजित मुल्यको आधारमा रहेर आइतबार दोस्रो बजारमा कारेबार खुल्ने छ ।

एभरेष्ट बैंकको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य निर्धारण भएको हो ।


प्रतिक्रिया दिनुहोस्