नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि « Arthapath.com
२० मंसिर २०७८, सोमबार

नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जनामा अमिक्रोन पुष्टि भएको हो ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञपितमा उल्लेख गरिएको छ । मंसिर ७ गते उनीहरुको स्वाव परिक्षण गरिएको थियो ।

६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए ।ओमिक्रोन संक्रमण पुष्टि भएका दुबै जना आइसोलेसनमा रहेक छन् । उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नेगेटिभ आएको मत्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्