नेपालमा फेरी लकडाउन हुन्छ ? « Artha Path
२० मंसिर २०७८, सोमबार

नेपालमा फेरी लकडाउन हुन्छ ?



काठमाडौँ । ओमिक्रोनको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले एक विज्ञप्ति जारी गदै २ जना व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जनाएको छ ।कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसङै फेरी सरकारले लकडाउन गर्छ भन्ने पनि चासो र चिन्ता व्यक्त हुन थालेको छ ।

नयाँ भेरियन्ट पुष्टि भए पनि तत्काल लकडाउन हुने सम्भावना नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार मन्त्रालयले तत्काल लकडाउन गर्ने वा नगर्ने छलफल नगरेकोले लकडाउन नहुने बताएका छन् । 

ओमिक्रोन रोकथाम तथा नियन्त्रणको लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको अधिकारीले बताए । लकडाउन भन्दा परीक्षण, निगरानी र खोप पहिलो प्राथमिकता रहेको उनले बताएका छन् ।

साथै अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएका र लक्षण देखिएका शङ्कास्पद सबै यात्रुहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको छ  । अधिकारीका अनुसार एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमुनाहरूको सङ्कलन गरी पीसीआर गर्ने र शङ्कास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ ।

सरकारले ओमिक्रोन सङ्क्रमण पुष्टि भएका कतिपय देशबाट आउन रोक लगाएको छ भने केही मुलुकबाट आएकालाई अनिवार्य  क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । 


प्रतिक्रिया दिनुहोस्