प्राइम बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

प्राइम बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौँ । प्राइम कमर्सियल बैङ्कको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनको लागि बैङ्कले मङ्सिर २२ गते बुधवार बुक क्लोज गर्ने छ । आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले बैङ्कको प्रस्तावित लाभांश पाउनेछन् ।

बैङ्क सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुजीको १६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले स्विकुत गरेपछि बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् ।

बैङ्कले पुस ६ गते सोमबार बैङ्कको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा १४ औँ वार्षिक साधारण सभा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्